आर्थिक

आईएमईको दशैं दक्षिण नयाँ उपहार योजना सार्वजनिक

हिमालय टिभी
२०७६ भदौ १७ गते ९:४२
आईएमईको दशैं दक्षिण नयाँ उपहार योजना सार्वजनिक

काठमाडौं रेमिट्यान्स कम्पनी आईएमईले दशैं लक्षित नयाँ योजना सार्वजनिक गरेको छ ।

कम्पनीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको नयाँ योजनामा हरेक दिन आइएमई पेमार्फत रकम पठाउने ग्राहकले आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइण्ट, हरेक हप्ता २ जनालाई पठाएको रकमको डबल, हरेक महिना दुई जना भाग्याशाली ग्राहकलाई पठाएको रकमको चौगुणा र बम्परमा एक जनालाई पठाएको रकमको आठ गुणासम्म रकम पुरस्कार उपलब्ध गराइनेछ ।

यो योजनामा स्वदेश तथा विदेशबाट रकम पठाउने सबै सहभागी हुन सक्नेछन् । आइएमईका प्रतिनिधि कर्मचारी तथा संलग्न व्यक्ति भने यस योजनामा सहभागी हुन पाउने छैनन् । योजनाको अन्तिममा छनौट प्रविधिमा आधारित लक्की ड्र मार्फत भाग्यशाली ग्राहकको छनौट गरिनेछ ।

भदौ १५ गतेदेखि कात्तिक मसान्तसम्म कायम रहने योजना अवधिमा ग्राहकले आफूले रकम पठाएको रसिद सुरक्षित राख्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *