समाज

सरकारद्वारा झण्डै दुई हजार कर्मचारी माग

हिमालय टिभी
२०७६ भदौ १७ गते ९:३२
सरकारद्वारा झण्डै दुई हजार कर्मचारी माग

काठमाडौं । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले झण्डै दुई हजार कर्मचारी मागेको छ ।

विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७ सय ५३ वटै स्थानीय तहका लागि करारमा एक हजार ९ सय ८९ जना कर्मचारी मागेको हो ।

जसमध्ये एमआइएतर्फ राजपत्र अनंकित प्रथम श्रेणीका ९ सय ९४ र फिल्ड सहायक तर्फ राजपत्र अनंकित द्वितीय श्रेणीका ९ सय ९५ जना कर्मचारी मागिएको हो । विभागले १५ दिनभित्र अर्थात् भदौ ३१ गतेसम्म दरखास्त दिन आह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्