खेलकूद

उपकप्तान मल्लले ओमानमा हुने टी–ट्वेन्टी नखेल्ने

हिमालय टिभी
२०७६ भदौ १७ गते ७:१४
उपकप्तान मल्लले ओमानमा हुने टी–ट्वेन्टी नखेल्ने

नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले असोजमा ओमानमा हुने पाँच राष्ट्रबीचको टी–ट्वेन्टी क्रिकेट सिरिज नखेल्ने भएका छन् ।

व्यक्तिगत कारण देखाउँदै ज्ञानेन्द्रले सिरिज नखेल्ने बताएका छन् । पाँच राष्ट्रबीचको टी–ट्वेन्टी क्रिकेट सिरिजमा आयोजक ओमानसँगै नेपाल, हङकङ, नेदरल्यान्ड्स र टेष्ट राष्ट्र आयरल्याण्ड छन् । सिरिज असोज १८ देखि २३ गतेसम्म हुनेछ ।

नेपालले पहिलो खेलमा असोज १९ गते हङकङसँग प्रतिस्पर्धा गर्दैछ । असोज २० गते नेदरल्यान्डसँग दोस्रो र तेस्रो खेल आयरल्याण्डसँग २२ खेल्नेछ । असोज २३ गते नेपालले अन्तिम खेलमा आयोजक ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्