Political Hightlights

विप्लवको आरोप–वार्ता हुन नदिन गृहमन्त्री नै सक्रिय

हिमालय टिभी
२०७६ भदौ १७ गते ७:१२
विप्लवको आरोप–वार्ता हुन नदिन गृहमन्त्री नै सक्रिय

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकार र आफ्नो पार्टीबीचको वार्ता भाँड्न गृहमन्त्री रामबहादुर थापाले भूमिका खेलेको आंशका गरेको छ ।
पार्टी निकट अनलाइनलाई दिएको अन्तर्वार्तामा महासचिव ुविप्लवुले नामै नलिई गृहमन्त्री थापाको भूमिकामाथि शंका गर्नुभएको छ । विप्लवको भनाई छ–प्रधानमन्त्रीले वार्ता चाहेजस्तो, अरुले भाँड्न खोजेजस्तो देखिन्छ ।

आफ्ना पूर्व सहयात्री एवं नेता रामबहादुर थापाको भूमिकामाथि विप्लवको आशंकालाई अर्थपूर्ण मानिएको छ । सरकारद्धारा प्रतिवन्धित विप्लव समूहले कर छलेको भन्दै एनसेलमाथि थप कारवाही चेतावनी दिएको छ । कोशी उच्च बाँधमा पनि यो समूहको चासो छ । भारतीय लगानी जोडिएका माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजना बन्न नदिने पनि विप्लवको खुला चुनौती छ ।

सरकारले गत फागनु २८ गते विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि यो समूह र रकारबीच टकराव बढेको छ । प्रतिबन्ध यता विप्लव समूहका ६ सय भन्दा धेरै नेता कार्यकर्ता प्रक्राउ परेका छन् । र, ज्यानै जाने गरी भएका कतिपय मुठभेड विवादमा पनि तानिएका छन् । मुठभेडको विषय संसदमा पनि उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्