समाज

एनसेलसम्बन्धी सर्वोच्चको फैसलाप्रति संसदीय समितिको गम्भीर चासो

हिमालय टिभी
२०७६ भदौ १३ गते ८:५०
एनसेलसम्बन्धी सर्वोच्चको फैसलाप्रति संसदीय समितिको गम्भीर चासो

काठमाडौं । एनसेलसम्बन्धी सर्वोच्च अदालतको फैसलामा संसदीय समितिले गम्भीर चासो देखाएको छ ।

कानून न्याय तथा मानव अधिकार समितिमा सांसदहरुले सर्वोच्चको फैसला अध्ययन गर्नुपर्नेमा जोड दिएका हुन । सर्वोच्चको फैसला यस अघिका भएको आदेश र समितिका निर्देशन खण्डित हुने गरी आएको सांसदहरुको बुझाई छ ।

समितिमा समय मागेर बोल्दै सांसद सन्जय कुमार गौतमले नेपाल सरकार अन्तर्गतको कर निर्धारण गरी असुल्ने निकायले गरेको निर्णय विपरित सर्वोच्च अदालतको फैसला आउनु आश्चर्यजन भएको टिप्पणी गर्नुभयो ।

सत्तारुढ नेकपाका सांसद देव प्रसाद गुरुङ्गले सर्वोच्चको फैसलाले कतै गलत नजीर त बसाल्दैन भन्ने कुरामा ध्यान दिनुपर्ने बताउनु भयो । अदालतको फैसलाबारे समितिमा छलफल हुनुपर्ने उहाँको माग छ ।

समितिका सभापति कृष्णभक्त पोखरेलले समितिमा सांसदहरुले एनसेलको विषयमा भएको फैसला बारे समितिमा छलफल हुनुपर्ने धारणा मनासिव भन्दै छलफल हुनसक्ने बताउनुभयो ।

सर्वोच्च अदालतले भदौ ९ गते एनसेलले तिर्नुपर्ने भनी ठूला करदाता कार्यालयले निर्धारण गरेको कर बदर गर्दै पुनः कर निर्धारण गर्नुपर्ने फैसला गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्