आर्थिक

विमानस्थल र ठूला होटेलहरुमा यतीको प्रतिमा राखिने

हिमालय टिभी
२०७६ भदौ ११ गते ९:०९
विमानस्थल र ठूला होटेलहरुमा यतीको प्रतिमा राखिने

काठमाडौं । नेपालका सबै विमानस्थल र ठूला होटेलहरुमा यतीको प्रतिमा राखिने भएको छ ।

भ्रमण वर्ष २०२० राष्ट्रिय कार्यक्रमले भ्रमण वर्षको मूख्य मस्कटका रुपमा यतीको प्रतिमा विमानस्थल र ठृूला होटेलमा राख्ने निर्णय गरेको हो ।

यतीको प्रतिमाविदेशका विभिन्न शहरमा समेत प्रदर्शन गर्ने अभियानको तयारी छ । हिम मानवका रुपमा लिइने यती नेपालमा मात्रै विश्वास गरिन्छ । केही समयअघि भारतीय सैनिकको आरोहण टोलीले मकालु आधार शिविरमा यतीको पाइला देखिएको दाबी गरेको थियो ।

भारतीय सैनिकको दाबीपछि अन्तराष्ट्रिय सन्चार माध्यमले यती र नेपालका हिमालबारे खबर प्रसारण गरेका थिए । यतीका बारे धेरैलाई चासो रहेको र यतीलाई मूख्य मस्कटका रुपमा प्रयोग गर्दा पर्यटन प्रवद्र्धनमा थप सघाउ पुग्ने भन्दै अभियानले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *