आर्थिक

सामसङको दुई वटा नयाँ स्मार्टफोन सार्वजनिक

हिमालय टिभी
२०७६ भदौ १० गते १२:१७
सामसङको दुई वटा नयाँ स्मार्टफोन सार्वजनिक

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले दुई वटा स्मार्टफोन सार्वजनिक गरेको छ ।

इलेक्ट्रोनिक्सले आज काठमाडौंमा कार्यक्रम गरी ग्यालेक्सी नोट टेन र नोट टेन एक्स सार्वजनिक गरेको हो । नोट टेनमा ६ दशमलब ३ इन्चको डिस्प्ले, ३ हजार ४ सय एमएएचको ब्याट्री, ८ जीबीको र्‍याम र २५६ जीबी इन्टरनल स्टोरेज क्षमता छ । यो फोनको मूल्य १ लाख १६ हजार रुपैयाँ छ ।

नोट टेन एक्समा भने ६ दशमलब ८ इन्चको डिस्प्ले, ४ हजार १ सय ७० एमएएचको ब्याट्री, १२ जीबी र्‍याम र २५६ जीबी इन्टरनल स्टोरेज क्षमता छ । यो फोनको मूल्य १ लाख ३५ हजार रुपैयाँ छ । दुवै स्मार्टफोनको रोजाइमा पर्ने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *