आर्थिक

राजश्व चूहावट गर्नेलाई जेल हालिनेछः अर्थमन्त्री खतिवडा

हिमालय टिभी
२०७६ भदौ १० गते १२:१०
राजश्व चूहावट गर्नेलाई जेल हालिनेछः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजश्व चुहावट र अपचलनमा कसुरदार ठहरिएको व्यक्तिलाई जेल पठाउने बताउनु भएको छ ।

प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा अर्थमन्त्री खतिवडाले कसुरदार व्यक्तिलाई आर्थिक रुपमा मात्र दण्डित गरेर नहुने भन्दै विधेयकमा जेल सजाय पनि अनिवार्य गरिएको बताउनु भयो ।

बैठकमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयकमा भएको दण्ड सजायको व्यवस्थाले उद्योगी(व्यवसायी आतंकित भएको भन्दै जरिवाना र जेललाई जोड दिनु भन्दा राजश्व अशुलीलाई प्राथमिकता दिने गरी विधेयकमा व्यवस्था गरिनुपर्ने धारणा राख्नु भयो ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले राजश्वको ठूलो अपचलन गरेका व्यक्ति जेल बसेर उम्कन सक्ने अवस्था आउन नदिन कसुर अनुसार व्यक्तिलाई जेल र आर्थिक रुपमा दण्डित गर्न सकिने गरी कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्व अर्थमन्त्रीसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजश्व चुहावट र अपचल उद्योगी मात्रैले गर्न नसक्ने भन्दै यस्तो कसुरमा कर्मचारी र राजनैतिक नेतृत्व समेत संलग्न हुने भएकाले तिनै पक्ष दण्डित हुनेगरी कानुनी व्यवस्था गर्न माग गर्नुभयो ।

अर्थ समितिको छलफलमा रहेको राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयकमा प्रस्ताव गरिएको व्यवस्थामा उद्योगी(व्यवसायीले पनि असन्तुष्टि जनाइरहेका छन् । व्यवसायीहरुले अर्थमन्त्रीलाई भेटेर ध्यानाकर्षण समेत गराईसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *