खेलकूद

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम र उमेशलालको उम्मेदवारी

हिमालय टिभी
२०७६ भदौ १० गते १२:०७
नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम र उमेशलालको उम्मेदवारी

काठमाडौं । नेपाल ओलम्पिक कमिटी एनओसीको आसन्न चुनावका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठले अध्यक्षमा उमेद्वारी दिएका छन् ।

एनओसीको कार्यालय सातदोबाटोमा आज जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठले उमेद्वारी दर्ता गराएका हुन् । योसँगै यी दुईबीच फेरी एक पटक प्रतिस्पर्धा हुने भएको छ ।

एनओसीको अघिल्लो चुनावमा दुई जना भीडेका थिए । र त्यसमा जीवनराम श्रेष्ठले बाजी मारेका थिए । २७ जना प्रतिनिधि मध्ये २६ जनाले उम्मेदवारी दिएका छन् ।

एनओसीका पूर्व अध्यक्ष ध्रुबबहादुर प्रधानबाहेक सबै प्रतिनिधिले उम्मेदवारी दर्ता गराएका छन । एनओसीको अर्को शक्तिशाली पद महासचिवमा पुरेन्द्रविक्रम लाखे र निलेन्द्रराज श्रेष्ठको मात्रै उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा रतन कुमार टण्डन र उपमहासचिवमा पिताम्बर तिम्सिनाले मात्र उमेद्वारी दिएका छन् । त्यस्तै, पाँच जना उपाध्यक्षका लागि ८ जनाले उमेद्वारी दिएका छन् ।

३ सचिवका लागि ४ जना र ७ सदस्यका लागि ८ जनाको उमेद्वारी परेको छ । एनओसीको निर्वाचन भदौ २० गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्