समाज

दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन सकियो

हिमालय टिभी
२०७६ भदौ १० गते १२:००
दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन सकियो

काठमाडौं । एनसेलले शिक्षा मन्त्रालय र रातो बङ्गला फाउण्डेसनसँगको सहकार्यमा आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन २०१९ सकिएको छ ।

एनसेलको व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित तीन दिने सम्मेलनमा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारी कर्मचारी, शिक्षकशिक्षिका लगायत नेपाली तथा विदेशी सोधकर्ताको सहभागिता थियो ।

गरेर सिक्ने र प्रारम्भिक बाल्यकाल विकास विधिमा केन्द्रित हुँदै सम्मेलनका दौरान ७५ वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए भने ६० वटा कार्यशाला सञ्चालन भएका थिए ।

सम्मेलनमा सरकारी विद्यालयका ३ सय शिक्षक शिक्षिकासहित सातै प्रदेशका ५५ जिल्लाबाट ७ सयभन्दा बढीको सहभागिता थियो । त्यसैगरी, प्रशिक्षकका रुपमा अमेरिका, सिंगापुर, भारत, चीन र बंगलादेशका विज्ञको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्