खेलकूद

ओलम्पिक कमिटिमा चुनावी चहलपहल, भदौ २० गते निर्वाचन

हिमालय टिभी
२०७६ भदौ १० गते ७:११
ओलम्पिक कमिटिमा चुनावी चहलपहल, भदौ २० गते निर्वाचन

काठमाडौं । नेपाल ओलम्पिक कमिटि एनओसीमा चुनावी चहलपहल बढेको छ। नयाँ नेतृत्वका लागि यही भदौ २० गते निर्वाचन हुँदैछ।

हिजो अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको छ। एनओसीको नयाँ नेतृत्व चयनका लागि २७ जनाले मताधिकार प्राप्त गरेका छन्।

राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव केशवकुमार विष्टले समेत नेपाल उसु महासंघबाट मताधिकार लिएका छन्। आज बिहान १० देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय छुट्याइएको छ भने दिउँसो ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिने एनओसीको निर्वाचन समितिले जनाएको छ।

आगामी बिहीवार दिउँसो २ बजेसम्म उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। त्यसैदिन दिउँसो ३ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ। निर्वाचन समितीले भदौ २० गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तय गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्