राजनीति

योगदानमा आधारित सामाजिक सुरक्षा र अनिवार्य प्यानप्रति नेता नेपालको असन्तुष्टि

हिमालय टिभी
२०७६ भदौ ९ गते ९:३७
योगदानमा आधारित सामाजिक सुरक्षा र अनिवार्य प्यानप्रति नेता नेपालको असन्तुष्टि

काठमाडौं । सत्तारुढ दलकै वरिष्ठ नेता माधव कुमार नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना र अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्थाप्रति असन्तुष्टि जनाउनुभएको छ ।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघले आइतबार राजधानीमा गरेको कार्यक्रममा नेता नेपालले पूर्वाधार विना नै विदेशीको देखासिकी गरी सरकारले सामाजिक सुरक्षा योजना ल्याएको टिप्पणी गर्नुभयो ।

उहाँँले अर्थतन्त्र कमजोर भएको मुलुकले अर्थतन्त्र सबल भएका मुलुकको प्रणाली लागु गर्न खोज्दा त्यसले पार्ने प्रभावबारे पूर्व आंकलन गर्न नसकिएको तर्क गर्नुभयो ।

उहाँले मुलुकको पूर्वाधार र अर्थतन्त्रको मुल्यांकन नै नगरी यूरोपेली देशका प्रणालीलाई रातारात लागु गर्न खोज्नु गलत भएको टिप्पणी गर्नुभयो ।

त्यस्तै नेता नेपालले विभिन्न जिल्लाहरुमा स्थानीय प्रशासनले तीज सम्बन्धी कार्यक्रम पार्टी प्यालेसमा गर्न नपाउने भन्दै पत्राचार गरेकोमा जातजातिको धर्म र संस्कृतिलाई नियन्त्रण गर्न खोज्नु गलत हुने उहाँको धारणा थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्