समाज

समितिले सरकारलाई भन्यो–देशभर वनको अवस्था के छ ?

हिमालय टिभी
२०७६ भदौ ८ गते ९:३४
समितिले सरकारलाई भन्यो–देशभर वनको अवस्था के छ ?

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय वनको अध्यावधिक लगत माग्ने निर्णय गरेको छ ।

समितिको आज बसेको बैठकमा राष्ट्रिय वन भनी सूचीकृत देशभरिका वनको अवस्था, वनको नाप(नक्सा, क्षेत्रफल लगायतको विवरण उपलब्ध गराउन वन मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको हो ।

वन सम्बन्धि ऐन र भूमि सम्बन्धि ऐन पारित भएको एक हप्ता नबित्दै समितिले राष्ट्रिय वनमा चासो देखाएको हो । बैठकमा सांसदहरूले कित्ताकाट रोक्ने निर्णय पुनः विचार गर्न माग गरेका छन् । मालपोतको काम अपारदर्शी भएको र नागरिकले दुःख पाएको भन्दै उनीहरुले कित्ताकाट नरोक्न माग गरेका हुन् ।

स्थानीय तहले ‘खेती योग्य जग्गा’ होइन भनी सिफारिस गरेपछि सम्बन्धित मालपोत कार्यालयले जग्गाको कित्ताकाट गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्