समाज

प्रधानमन्त्री ओलीको उपचार शुरु, सिंगापुर बसाई लम्बिने

हिमालय टिभी
२०७६ भदौ ८ गते ७:१३
प्रधानमन्त्री ओलीको उपचार शुरु, सिंगापुर बसाई लम्बिने

काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई लम्बिने भएको छ ।

प्रधानमन्त्री ओलीलाई सातपटक प्लाज्मा फेरेसिस उपचार विधिबाट उपचार अपनाउन लागिएकोे छ । प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरिएको मृगौलामा बढेको एन्टीबडी कम गर्न प्लाज्मा फेरेसिस उपचार विधिको प्रयोग गरिन्छ । उहाँलाई एक दिनको फरकमा प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ ।

गत शुक्रबारदेखि यो प्रकृया शुरु भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट मार्फत जानकारी दिनु भएको छ । प्लाज्मा फेरेसिस साट पटक फेर्नुपर्ने भएका कारण उहाँको सिंगापुर बसाई एक महिना लम्बिने बताइएको छ । प्लाज्मा फेरेसिस विधि शुरुमा तीन पटक प्रयोग गरिन्छ ।

त्यसपछि पनि शरीरमा एन्टीबडीमा मात्रमा कम नभएमा ६ पटक प्लाज्मा फेरेसिस गरिन्छ । प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिव्यासिंह शाहका अनुसार यो उपचार प्रकृया अरू केही पटक गरिनेछ। उहॉको स्वास्थ्य स्थिति अहिले सामान्य अवस्थामा रहेको रिमालले बताउनु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्