समाज

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु, सतर्कता अपनाउन प्रशासनको सुझाव

हिमालय टिभी
२०७६ भदौ ८ गते ७:०३
बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु, सतर्कता अपनाउन प्रशासनको सुझाव

बर्दिया । बाघको आक्रमणबाट आज बिहान बर्दियामा अर्का एक जनाको मृत्यु भएको छ । चार दिनमा बाघको आक्रमणबाट मृत्यु भएको यो दोस्रो घटना हो ।

ठाकुरबाबा नगरपालिका १ भुरिगाउँ बजारको खानेपानी ट्याङ्की नजिक ७० वर्षीय वृद्ध पहरिया थारुको पाटे बाघको आक्रमणबाट मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

बिहान ७ बजेतिर करेसाबारीमा बंगुरलाई चारो राख्न गएका बेला बाघले आक्रमण गरी घिसारेर लैजादै गर्दा होहल्ला गरेपछी छाडेर गएको स्थानिय देविराम दहितले जानकारी दिनुभयो । घर नजिकै रहेको निकुञ्जबाट बाघले आक्रमण गरेपछी स्थानि त्रसित भएका छन् ।

चार दिनअघि निकुञ्ज भित्रबाट आएको बाघको आक्रमणमा परी गेरुवा गाउँपालिका ४ दङ्गपुरकी ५६ वर्षीय रामकली शाहीको मृत्यु भएको थियो । छ महिनाको अवधीमा बर्दियामा पाटे बाघको आक्रमणमा परि ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

यसअघि बढैयाताल गाउँपालिकाको मैनापोखरमा राजापुर क्षेत्रमा भारतीय जंगलबाट आएको पाटे बाघको आक्रमणमा परि दुई जनाको ज्यान गएको थियो । यसैबिच पाटे बाघको आतंक बढीरहेको भन्दै मध्यवर्ति क्षेत्रका सामुदायिक वनभित्र घाँसदाउराका लागि जंगलभित्र प्रवेस नगर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले सुचना जारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्