समाज

प्रधानमन्त्री ओलीको उपचार शुरु, अवस्था सामान्य

हिमालय टिभी
२०७६ भदौ ७ गते ८:०३
प्रधानमन्त्री ओलीको उपचार शुरु, अवस्था सामान्य

काठमाडौं । सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया शुरु भएको छ ।

प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल अस्पतालमा उपचार शुरु भएको हो । मृगौलाको समस्याका कारण ‘एन्डीबडी’ को मात्रा बढेपछि प्रधानमन्त्री ओली स्वास्थ्योपचारका लागि बिहीबार सिंगापुर पुग्नुभएको हो । प्रधानमन्त्री अब डेढ साता अस्पतालमा रहने बताइएको छ ।

प्रधानमन्त्रीको उपचार टोलीमा संलग्न निजी चिकित्सक डाक्टर दिव्या सिंहले उपचार शुरु भइरहेको र प्रधानमन्त्रीको अवस्था सामान्य रहेको जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली यसअघि साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरमा उपचार गराएर स्वदेश फर्किनुभएको थियो ।

मृगौला प्रत्यारोपणपछि प्रयोग भइरहेको औषधि परिवर्तन गरिएको हुनाले त्यसको ‘रियाक्सन’ बुझ्न र एन्डीबडीको मात्रा घटाउने उपचार विधिका लागि प्रधानमन्त्रीलाई उनी विहीबार दोस्रोपटक सिंगापुर पुगेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्