Political Hightlights

विकासको मुद्दामा दलीय विभाजन हुनुहुँदैनः कावा प्रम पोखरेल

हिमालय टिभी
२०७६ भदौ ७ गते ८:०२
विकासको मुद्दामा दलीय विभाजन हुनुहुँदैनः कावा प्रम पोखरेल

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले विकासको मुद्दामा दलीय विभाजन हुन नहुने बताउनुभएको छ ।

काठमाडौं महानगरपालिका–४ स्थित लाम्टङ्गिन टुसाल पार्कको उद्घाटनमा उहाँले बहुदलीय व्यवस्थामा राजनीतिक मुद्दामा दलीय आवद्धता खोजेपनि विकासको मुद्दामा सब एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

अबको हरेक विकास मानिससँग जोडिनुपर्ने भन्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले सार्वजनिक सम्पत्तिको संरक्षण चुनौतीपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भुकम्पले क्षतिग्रस्त सम्पदाहरुको पुनःनिर्माणको कामले गति लिएको भन्दै सहयोग र सहकार्यमा सहभागी हुन नगरबासीलाई आग्रह गर्नुभयो । उहाँले पुनःनिर्माणको काममा अवरोध पुराउने काम कहिँकतैबाट गर्न नहुनेतर्फ सचेत गराउनुभयो ।

विगतमा विभिन्न वहानामा हुने गरेका विरोधले पुनःनिर्माणका काममा समस्या भएको गुनासो पनि उहाँले गर्नुभयो ।
प्रदेश सरकारको ३६ लाख लागतमा लाम्टङ्गिन पार्क निर्माण सम्पन्न भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्