राजनीति

नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच भेटवार्ता

हिमालय टिभी
२०७६ भदौ ६ गते ७:०५
नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ नेकपामा आन्तरिक कलह बढिरहँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।

अर्का पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएको भोलिपल्टै दुई नेताबीच छलफल भएको हो ।

प्रचण्ड निवास खुमलटारमा झण्डै डेढ घण्टा भएको भेट पार्टीमा पछिल्लो पटक देखिएको विवादमा केन्द्रित रहेको बताइएको छ ।

यस्तै पार्टी एकताका बाँकी काम टुंगो लगाउने र तल्ला तहसम्म पार्टी एकताको अनुभुति गराउने कार्यक्रम बनाउने बारेमा समेत छलफल भएको छ । हिँजोको सचिवालय बैठकमा अध्यक्ष ओली र नेपालबीच बाझाबाझ भएको थियो । बैठकपछि पनि दुइ पक्षबीच आरोप प्रत्यारोप चलिरहेको छ ।

पार्टीको वरियता घटाइएपछि नेता नेपाल असन्तुष्ट हुनुहुन्छ । यो भेटलाई पार्टीको कार्यकारी अधिकार पाएपछि आन्तरिक विवाद मिलाउन अध्यक्ष प्रचण्डले देखाएको सक्रियताका रुपमा बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्