खेलकूद

साफ अण्डर–१८ च्याम्पियनशिप फूटबलमा नेपालले माल्दिभ्सको सामना गर्ने

हिमालय टिभी
२०७६ भदौ ६ गते ७:००
साफ अण्डर–१८ च्याम्पियनशिप फूटबलमा नेपालले माल्दिभ्सको सामना गर्ने

काठमाडौं । घरेलु मैदानमा आयोजना हुने तेस्रो संस्करणको साफ अण्डर–१८ च्याम्पियनशिप फूटबलको पहिलो खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ ।

साफले दोस्रो पटक सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स पाएको हो । समूह ए को नेपालले माल्दिभ्ससँग असोज ३ गते खेल्नेछ । साविक विजेता समेत रहेको नेपालले दोस्रो तथा लिगको अन्तिम खेल भुटानसँग असोज ५ गते खेल्नेछ ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने प्रतियोगिताको समूह बी मा बंगलादेश, भारत र श्रीलंका छन् । समूहका शीर्ष दुई टोलीले सेमीफाइनलमा स्थान बनाउने छन् ।

अन्तिम समयमा पाकिस्तानले सहभागिता नजनाउने बताएपछि साफले दोस्रो पटक खेल तालिका सार्वजनिक गरेको हो । यसअघि नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने तालिका थियो । प्रतियोगिताको लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्