Political Hightlights

संविधान दिवस भव्य रुपमा मनाउने सरकारको तयारी

हिमालय टिभी
२०७६ भदौ ४ गते ७:०८
संविधान दिवस भव्य रुपमा मनाउने सरकारको तयारी

काठमाडौं । सरकारले संविधान दिवस भव्य रुपमा मनाउने गरी तयारी थालेको छ ।

सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकमा सिमिति वर्ग र क्षेत्र विशेषमा मात्रै नभई सबैको सहभागितामा दिवस मनाउनेबारे छलफल भएको हो ।

सबै सरकारी कर्मचारीको सहभागितामा राजधानी काठमाडौंको टुँडिखेल, प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहमा भव्यसँग संविधान दिवस मनाउनेगरी कार्यक्रमहरू तय भएको गृह सचिव प्रेमकुमार राईले जानकारी दिनु भयो । उहाँले संविधान दिवसमा सबैको सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो ।

संविधान दिवसको पूर्वसन्ध्यामा आम नागरिकलाई घरघरमा साँझ दीपावली गर्न आह्वान गरिएको छ । संविधान दिवसमा राष्ट्रिय झण्डा रिले दौड, क्रिकेट प्रतियोगिता, सञ्चार माध्यममा संविधान केन्द्रित बहस जस्ता कार्यक्रम आयोजना हुनेछन् । चलाउने लगायत कार्यक्रम तय गरिएको छ ।

असोज ३ गते संविधान दिवसको दिन सबै तहका सरकारी कर्मचारीहरु राष्ट्रिय झण्डा सहितको र्‍याली गर्दै मूल समारोह स्थल सैनिक मञ्च टुँडिखेल जाने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्