समाज

चितवनस्थित वाणिज्य बैंकमा आगलागी

हिमालय टिभी
२०७६ भदौ २ गते ९:३३
चितवनस्थित वाणिज्य बैंकमा आगलागी

चितवन । भरतपुरको चौबीसकोठी चोकमा रहेको राष्ट्रिय वाणिज्य बैंक भवनमा आगलागी भएको छ ।

आज बिहान साढे ७ बजेतिर लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

दुई तले भवनमा आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन् । शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन भइरहेको छ प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

विद्युत् सर्ट भएर आगलागी भएको भरतपुरका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनु भयो । आगलागीबाट महत्वपूर्ण कागजात, पैसाको लकर र सर्बर भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्