समाज

एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षा शुरु

हिमालय टिभी
२०७६ भदौ १ गते ७:२४
एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षा शुरु

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड वृद्धि) परीक्षा आजबाट शुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३ सय४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु गरेको जनाएको छ ।

परीक्षामा करीब एक लाख ५० हजार परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभयो । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ ।

सबैभन्दा धेरै गणित विषयमा एक लाख ५० हजार विद्यार्थी र विज्ञान र अङ्ग्रेजी विषयमा परीक्षार्थीको सहभागिता रहेको शर्माले जानकारी दिनुभयो ।

गत असार १२ गते सार्वजनिक गरेको एसइईको नतिजामा ‘सी’ वा ‘सी’भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेडवृद्धि गर्न पाउने व्यवस्था गरेपछि यो वर्ष परीक्षार्थीको सङ्ख्या बढेको थियो । परीक्षा यही भदौ ११ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्