समाज

एपीएफ टोलीद्वारा १५ केजी चाँदीसहित एक जना पक्राउ

हिमालय टिभी
२०७६ साउन ३२ गते १२:३३
एपीएफ टोलीद्वारा १५ केजी चाँदीसहित एक जना पक्राउ

धनुषा । धनुषा जिल्लाको औरही गाउँपालिका २ देउरी भन्ने स्थानबाट साउन ३२ गते एपीएफ टोलीले १० लाख ९३ हजार १ सय १० रुपैयाँ बराबरको १५ केजी चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला प्रखण्ड जयनगर पञ्चायत २ भेलवाचोक घर बताउने अन्दाजी २८ बर्षिय बन्धुकुमार सिंह छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रकुमार झाको कमाण्डमा खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो ।

ज ८ प ९२३५ नम्वरको मोटरसाईकलमा भारततर्फ जाँदै गरेका निज सिंहलाई शंका लागि जाँच गर्दा उक्त चाँदी फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

त्यसवेला निज सिंहले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरिएको छ । एपीएफ टोलीले पक्राउ परेका सिंहलाई बरामद चाँदी तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्