Political Hightlights

पार्टीको जिम्मेवारी लिन प्रचण्डलाई नेकपा अध्यक्ष ओलीको आग्रह

हिमालय टिभी
२०७६ साउन ३२ गते ६:५५
पार्टीको जिम्मेवारी लिन प्रचण्डलाई नेकपा अध्यक्ष ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको जिम्मेवारी लिन प्रस्ताव गर्नुभएको छ ।

अध्यक्ष ओलीले प्रचण्डलाई पार्टीको जिम्मेवारी लिन र पार्टी एकता गर्नु पूर्वको सहमति अनुसार प्रधानमन्त्री छाड्नसमेत तयार भएको श्रोतले जानकारी दिएको छ ।

हिजो सचिवालय बैठक बस्नुपूर्व दुई अध्यक्षबीच भएको भेटमा अध्यक्ष ओलीले यस्तो प्रस्ताव गर्नुभएको हो । श्रोतले भन्यो, ‘पार्टी तपाइले चलाउनुस् र हाम्रो पूर्व सहमतिअनुसार प्रधानमन्त्री पनि तपाई बन्नुस्, म छोड्न तयार छु ।’

अध्यक्ष ओलीको यो प्रस्तावसँगै अध्यक्ष प्रचण्ड स्कूल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिन तयार हुनुभएको हो । त्यसअघि प्रचण्ड नारायणकाजी श्रेष्ठलाई स्कुल विभागको जिम्मेवारी दिनुपर्ने अडानमा हुनुहुन्थ्यो ।

तर यसबारे प्रधानमन्त्री ओली भदौ पहिलो साता सिंगापुरमा स्वास्थ्य उपचार गरेर फर्केपछि मात्रै ठोस निर्णय हुने बताइएको छ । यो प्रस्तावमा सहमति भए प्रचण्ड पार्टीको कार्यकारी अध्यक्ष बन्नुहुनेछ ।

यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई वरिष्ठको मर्यादाक्रममा एक नम्बरबाट हटाउने तयारी अध्यक्षद्वयले गरेका छन् ।

स्रोतका अनुसार अध्यक्षद्वय ओली र प्रचण्डको समझदारी अनुसार वरिष्ठको पहिलो नम्बरमा रहेका नेता नेपाललाई हटाएर नेता झलनाथ खनाललाई ल्याउने तयारी भएको छ । अध्यक्षद्वयले यो प्रस्ताव हिजोको सचिवालय बैठकमा राखे पनि सहमति भने जुट्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्