Political Hightlights

नेकपाले ३३ वटा विभाग प्रमुख तोक्यो, स्कुल विभागमा ईश्वर पोखरेल (सूचीसहित)

हिमालय टिभी
२०७६ साउन ३१ गते १०:५९
नेकपाले ३३ वटा विभाग प्रमुख तोक्यो, स्कुल विभागमा ईश्वर पोखरेल (सूचीसहित)

काठमाडौं । सत्तारुढ नेकपाले ३२ वटा विभागका प्रमुख तोकेको छ । सचिवालय बैठकले ३२ वटा विभागका प्रमुख र उपप्रमुख तोकेको हो ।

तत्कालीन एमालेले १८ र तत्कालीन माओवादी केन्द्रले १४ वटा विभागको नेतृत्व पाएको छ । बैठकले निकै रस्साकस्सी र लामो कसरतकाबीच स्कूल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको छ ।

स्कूल विभागमा दावी गरेका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको छ ।

त्यस्तै संगठन विभाग वामदेव गौतम, विदेश विभाग माधवकुमार नेपाल, नीति तथा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी झलनाथ खनालले पाउनुभएको छ । अर्थ तथा योजना विभागको प्रमुख सुरेन्द्र पाण्डेलाई बनाइएको छ ।

३२ मध्ये एकजना महिलालाई मात्रै विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ । राधा ज्ञवालीले उद्योग तथा वाणिज्य विभागको जिम्मेवारी पाउनुभएको छ ।

१० जना मन्त्रीले मन्त्रालयसँग सरोकार राख्ने विभागको जिम्मेवारी पाएका छन । नेकपाको सचिवालय बैठकले सबै प्रदेशमा २–२ जना सह–इञ्चार्ज थपेको छ ।

प्रदेश १ मा शेरधन राई र नरेश खरेल, दुईमा नागेन्द्र चौधरी र महेन्द्र पासवान, प्रदेश ३ मा हितमान शाक्य र काशीनाथ अधिकारी, गण्डकी प्रदेशमा किरण गुरुङ र यशोदा सुवेदी गुरुङलाई सहईञ्चार्ज बनाइएको छ ।

प्रदेश ५ मा वैजनाथ चौधरी र कुलप्रसाद केसी, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र कालिबहादुर मल्ल तथा सुदूरपश्चिम प्रदेशमा खगराज भट्ट र भानुभक्त जैसीले सहईञ्चार्जको जिम्मेवारी पाउनुभएको छ ।

यो लिंकमा क्लिक गरेर विस्तृत विवरण थाहा पाउनुस्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्