राजनीति

नेपाल र भारत बलियो आर्थिक साझेदारीमा अघि बढ्दैः मन्त्री ज्ञवाली

हिमालय टिभी
२०७६ साउन २९ गते ११:२८
नेपाल र भारत बलियो आर्थिक साझेदारीमा अघि बढ्दैः मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारत बलियो आर्थिक साझेदारीमा अघि बढेको बताउनुभएको छ ।

काठमाडौंमा भएको कार्यक्रममा मन्त्री ज्ञवालीले दुई देश गर्व गर्न लायक ढंगले अघि बढेको दाबी गर्नुभयो । मन्त्री ज्ञवालीका अनुसार नयाँ ढंगको आर्थिक सम्बन्धको विकासकै कारण सन् २०२० सम्म नेपाल जलमार्गबाट लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री ज्ञवालीले नेपाल र भारतबीच थाती रहेका सम्झौता खारेज गरी नयाँ शिराबाट बढ्ने गरी छलफल भैरहेको पनि बताउनुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले डुबानलाई नेपाल र भारतको साझा समस्या मानेर समाधान गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले दुई देशको सम्बन्धबाट नागरिकले फाइदाको महशुस गर्नुपर्ने बताउनुभयो । राजदूत पुरीले विन विनको अवस्था बनाएर विकास र समृद्धिको यात्रामा साझेदारीहरु भइरहेको बताउनुभयो ।

भारतको नेपालसँग विशेष सम्बन्ध रहेको भन्दै सम्बन्धबाट आर्थिक लाभ लिनसक्ने अवस्था बनेको उहाँको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्