राजनीति

भारतले काश्मीरलाई संसारकै ठुलो जेल बनायोः राजदूत जावेद

हिमालय टिभी
२०७६ साउन २९ गते ९:१९
भारतले काश्मीरलाई संसारकै ठुलो जेल बनायोः राजदूत जावेद

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले जम्मु कश्मिरलाई भारतले संसारकै सबैभन्दा ठूलो जेल बनाएको टिप्पणी गर्नुभएको छ ।

पाकिस्तानको स्वतन्त्रता दिवसका अवसरमा दूतावासमा आयोजित कार्यक्रममा राजदूत जावेदले भारतीय कदमको चर्को विरोध गर्नुभयो । आफूहरु जम्मु कश्मिरका उत्पीडित नागरिकको पक्षमा रहेको र उनीहरुको माग पुरा नहुँदासम्म साथ रहने बताउनुभयो ।

पाकिस्तान क्षेत्रीय शान्तिका पक्षमा रहेको उहाँको प्रष्टिकरण छ । ७३ वर्ष अघि भारतबाट अलग भएको पाकिस्तानले हरेक वर्ष १४ अगष्टमा स्वतन्त्रता दिवस मनाउँदै आएको छ । भारतले १५ अगष्टमा स्वतन्त्रता दिवस मनाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्