खेलकूद

नेपाली राष्ट्रिय फूटबल टोलीले कुवेतविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने

हिमालय टिभी
२०७६ साउन २९ गते ९:१३
नेपाली राष्ट्रिय फूटबल टोलीले कुवेतविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतविरुद्धको पहिलो खेल अघि मलेसियाको क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

विश्वकप छनोट अन्तर्गत भदौ १९ गते कुवेतसँग खेल्नु अघि नेपालले मलेसिया सुपर लिग च्याम्पियन जोहार डारुल टा जिम एफसीसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ एन्फा जनाएको छ ।

भदौ ९ गते हुने मैत्रीपूर्ण खेल उसैको घरेलु मैदान जोहार सिटीमा हुनेछ । नेपालले विभिन्न देशसँगै अभ्यास खेल्न गरेको प्रयास विफल भएपछि जोहारसँगै खेल्न लागेको हो । टोलीको क्षमता परिक्षणका लागि यो खेल फलदायी हुने नेपाली टोलीका प्रमुख प्रशिक्षक योहान कालिनले बताए ।

विश्वकप अन्तर्गत एसिया छनोटको दोस्रो चरणको समुह बी मा नेपालसँगै कुवेत, अस्ट्रेलिया, जोडर्न र चाइनिज ताइपेइ जस्ता बलिया प्रतिद्वन्द्वी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्