समाज

लोससेवा विज्ञापन विवाद, आरक्षण बचाउ आन्दोलनद्वारा प्रदर्शन

हिमालय टिभी
२०७६ साउन २८ गते ११:३४
लोससेवा विज्ञापन विवाद, आरक्षण बचाउ आन्दोलनद्वारा प्रदर्शन

काठमाडौं । स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी लोक सेवा आयोगको विज्ञापन विवाद अझै सेलाएको छैन् ।

विज्ञापनको विरोधमा आज आरक्षण बचाउ आन्दोलनले प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा केहीबेर तनावसमेत भएको थियो ।

विज्ञापन समावेशिताको सिद्धान्तविपरीत भएको भन्दै उनीहरुले बालुवाटार पुगेर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले आन्दोलनकारीले प्रधानमन्त्री, संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्री र लोकसेवा आयोगका अध्यक्षको राजीनामासमेत मागेका थिए ।

जेष्ठ १५ गते लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापनको परीक्षा सकिइसकेको छ । तर, त्यहीँ विज्ञापनमाथिको विवाद र आन्दोलन भने यथावत छ । आरक्षण बचाउ आन्दोलनमा विभिन्न ८ वटा समूह छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्