राजनीति

सरकारको परराष्ट्र नीतिप्रति नेता रावलको असन्तुष्टि

हिमालय टिभी
२०७६ साउन २८ गते ११:०८
सरकारको परराष्ट्र नीतिप्रति नेता रावलको असन्तुष्टि

काठमाडौं । नेकपा नेता भीम रावलले सरकारको परराष्ट्र नीतिमाथि असन्तुष्टि जनाउनु भएको छ ।

आज संसदमा बोल्दै नेता रावलले द्धिपक्षीय सैन्य अभ्यास र गोर्खा सैनिक बन्दको माग गर्नुभयो । नेपाललाई कुनै पनि शक्ति राष्ट्र र सामरिक गठजोडमा लाग्न संविधानले अनुमति नदिएको नेता रावलको तर्क छ ।

त्यसै गरी नेता रावलले राष्ट्रिय परिचयपत्र, गाडीका नम्बर प्लेट, कर र भन्सारको महसुल संकलन जस्ता संवेदनशील तथ्यांकको अभिलेख विदेशी सर्भरमा नराख्न माग गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्