आर्थिक

साना तथा मझ्यौला व्यवसायीहरुले तत्काल प्यान कार्यान्वयन गर्न नसक्ने

हिमालय टिभी
२०७६ साउन २५ गते १२:०८
साना तथा मझ्यौला व्यवसायीहरुले तत्काल प्यान कार्यान्वयन गर्न नसक्ने

काठमाडौं । साना तथा मझौला व्यवसायीहरुले तत्काल करको दायरमा आउन र मजदुरलाई अनिवार्य प्यान नम्बर लिने व्यवस्था कार्यान्वयन गर्न नसकिने बताएका छन् ।

साना तथा मझौला व्यवसायी महासंघ नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा व्यवसायीहरुलेउ घरेलु उद्योगलाई कर मिनाहा गरिरहेको अवस्थामा सरकारले एकाएक करको दायरामा ल्याउनु र मजदुरहरुलाई अनिवार्य प्यान नम्बर लिनुपर्ने व्यवस्था गर्दा आफुहरु अन्योलमा परेको बताए ।

महासंघकी प्रथम उपाध्य इनु पौडेलले फस्टाउँदै गएको उद्योगको वृद्धि विकासमा सरकारको नयाँ कर प्रणालीले नकारात्मक प्रभाव पार्ने दाबी गर्नुभयो ।

उहाँले लघु, घरेलु तथा मझौला को साथै महिलाद्धारा संञ्चालिन उद्योगलाई सरकारले कर छुटको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

सकारले साउन देखि लागु हुने गरि अनिवार्य प्यान नम्बरको व्यवस्था गरेको छ । मजदुर, कर्मचारी लगायतको मासिक तलब बैंक मार्फत पठाउने व्यवस्था गर्न पनि भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *