समाज

डेंगुबाट ३ महिनामा ३ हजार ५ सयभन्दा बढी बिरामी

हिमालय टिभी
२०७६ साउन २५ गते ९:२९
डेंगुबाट ३ महिनामा ३ हजार ५ सयभन्दा बढी बिरामी

काठमाडौं । विभिन्न जिल्लामा फैलिएको डेंगुबाट ३ महिनामा ३ हजार ५ सयभन्दा बढी बिरामी भएका छन् ।

गएको वैशाखदेखि अहिलेसम्म ४२ जिल्लामा ३ हजार ४ सय २५ जनामा डेंगुको संक्रमण भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ४ महिनामा सुनसरीमा मात्रै ३ हजार २५ जना डेंगुका बिरामी भेटिएका छन् । मोरङमा ८१, झापामा २९ सहित प्रदेश एकमा ३ हजार १ सय ५२ जना बिरामी भएका हुन् ।

वैशााख अन्तिम हप्ता धरानमा देखिएको डेंगुले महामारीको रुप लिएको थियो । प्रदेश २ का पर्सा, सप्तरी, महोत्तरी र सिराहामा गरी १२ जना बिरामी भेटिएका छन् । सामान्यतया तराईमा देखिने डेंगुको संक्रमण काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा पनि देखिन थालेको महाशाखाको भनाइ छ । काठमाण्डौ उपत्यकाभित्र ९ जना बिरामी भएको पाइएको छ ।

काठमाण्डौमा ६ र ललितपुरमा तीन जनामा डेंगुका बिरामी भेटिएको हो । प्रदेश तीनका मकवानपुरमा सबैभन्दा धेरै ८३ जना डेंगुबाट प्रभावित भएका छन् । प्रदेश तीनमा १ सय २६ जना बिरामी भेटिएका महाशाखाको भनाइ छ । त्यस्तै गण्डकी प्रदेशमा २६, ५ मा ९६, कर्णालीमा एक र सुदूर पश्चिममा १२ जना बिरामी भएका छन् ।

लामखुट्टेले टोक्दा डेंगु हुने गर्छ । डेंगुका कारण बढी ज्वरो आउने, टाउको, पेट र जिउ दुख्ने, वाकवाकी लाग्ने, आँखामुनि दुख्नेजस्ता साधारण लक्षण देखिन्छ । डेंगुबाट बच्न घर वरपर सफा राख्ने, झुलको प्रयोग गर्ने, झ्याल ढोकामा जाली राख्ने र लामखुट्टेको टोकाइबाट जोगिनु पर्ने चिकित्सकको सल्लाह छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्