Political Hightlights

इतिहासबाट मिल्काइएकाको पुनर्स्थापनाको सपना पूरा हुँदैनः प्रचण्ड

हिमालय टिभी
२०७६ साउन २५ गते ९:२३
इतिहासबाट मिल्काइएकाको पुनर्स्थापनाको सपना पूरा हुँदैनः प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नामै नलिइ फेरि एकपटक पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रामक देखिनु भएको छ । दुबईको पारीवारिक भ्रमण सकेर फर्केपछि एक साताको बिचमा पूर्वराजा शाह लक्षित प्रचण्डले दिएको यो तेस्रो अभिव्यक्ति हो ।

अखिल नेपाल शिक्षक संगठनले काठमाडौंमा गरेको कार्यक्रममा पुगेर प्रचण्डले इतिहासबाट मिल्काइएकाको पूनःस्थापनाको सपना पूरा हुन सम्भव नरहेको दावी गर्नुभयो ।

यसअघि प्रचण्डले हिजो मात्रै काठमाडौंमा र दुबईबाट फर्केको ठीक अर्कोदिन रामेछाप पुगेर पूर्वराजामाथि हमला गर्नुभएको थियो । पूर्वराजा शाह अहिले पारिवारिक भ्रमणमा बैंंककमा हुनुहुन्छ ।

त्यसैबीच आजकै कार्यक्रममा प्रचण्डले पार्टी एकताले पूर्णता पाएपछि समाजवादको नयाँ मोडल दिने गरी काम गर्ने दावी गर्नुभयो ।

प्रचण्डले शिक्षकहरुमध्येबाट नै नेपालको राजनीतिक नेतृत्व तयार भएको भन्दै आफ्नो पार्टीले शिक्षकहरुको भूमिकालाई ठोस रुपमा परिभाषित गर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्