समाज

पर्यटन वर्ष सफल बनाउन विदेशमा रहेका नेपालीसँग पर्यटनमन्त्रीको आग्रह

हिमालय टिभी
२०७६ साउन २३ गते १२:५०
पर्यटन वर्ष सफल बनाउन विदेशमा रहेका नेपालीसँग पर्यटनमन्त्रीको आग्रह

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले पर्यटन वर्ष सफल पार्न विदेशमा रहेका हरेक नेपालीले एकरएक जना पर्यटक नेपाल पठाएर सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले विदेशमा रहेका नेपालीले यसरी सहयोग गरे ५० लाख विदेशी पर्यटक भित्रने तर्क गर्नुभयो ।

मन्त्री भट्टराईले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यहि वर्षको डिसेम्बरसम्म सम्पन्न हुने बताउनुभयो । यो विमानस्थलले नेपाल भ्रमण वर्षमा ठूलो महत्व राख्ने भन्दै उहाँले डिसेम्वरमा जसरी पनि जहाज अवतरण हुने बताउनुभयो ।

यस्तै उहाँले लुम्बिनीको बृहत्तर विकासका लागि रामग्राम, देवदह क्षेत्रलाई समेटेर बृहत्तर गुरुयोजना समेत बनाउने जनाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *