आर्थिक

माथिल्लो त्रिशूली थ्री जलविद्युत आयोजनाको ३५ प्रतिशत काम पूरा

हिमालय टिभी
२०७६ साउन २३ गते १०:३८
माथिल्लो त्रिशूली थ्री जलविद्युत आयोजनाको ३५ प्रतिशत काम पूरा

काठमाडौं । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट क्षमताकोे माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको काम ३५ प्रतिशत पूरा भएको छ ।

३ वर्ष निर्माण अवधि रहेको यो आयोजना २०७७ फागुनमा सक्ने लक्ष्य छ । आयोजनाको ३.८ किलोमिटर मुख्य सुरुङ चार ठाउँबाट खन्ने काम भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको क्यास्केड भएकाले त्रिशूली थ्रि बीले बाँध, बालुवा थिग्रयाउने पोखरीलगायतका संरचना बनाउनुपर्ने छैन ।

थ्री एको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ ।

वर्खायाम सकिएपछि विद्युत गृह, सर्ज ट्याङ, पेनस्टकलगायतका संरचनाको निर्माण शुरु हुने त्रिशूली जलविद्युत कम्पनीका प्रवन्ध–सञ्चालक मोहनप्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *