समाज

नेपालको भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर लियो

हिमालय टिभी
२०७६ साउन २३ गते ६:३३
नेपालको भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर लियो

काठमाडौं । नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिचेको छ ।

गत वैशाख ४ गते प्रक्षेपण गरिएको भूउपग्रहले खिचेका तस्वीर दुई हप्ताअघि जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि सार्वजनिक गरिएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट(मा सूचना प्रवाह गर्ने माध्यम ‘ग्राउण्ड स्टेशन’ निर्माणको काम समयमै गर्न नसकेकाले उक्त कुराको जानकारी जापानस्थित क्युटेक विश्वविद्यालयमा हाल अध्ययनरत नेपाली विद्यार्थी हरिराम श्रेष्ठले नाष्टका वैज्ञानिकलाई जानकारी गराउनुभएको हो ।

पहिलो पटक नेपाली स्याट–१ ले खिचेका तस्वीर केही धमिलो कैद भएका नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

आकाशमा बादल लागेको र बढी घाम लागेका बेला भूउपग्रहले धमिलो तस्वीर कैद गर्ने गर्छ ।

नेपाली स्याट–१ ले सूर्य र पृथ्वीका तस्वीरका साथै चीन र भारतको सिमानाका तस्वीर पनि कैद गरिसकेको बताइएको छ । हाल यो भूउपग्रह पृथ्वीबाट ४०० किलोमिटर माथिको आकाशमा रहेको नाष्टका वैज्ञानिकको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्