निजामती कर्मचारीले सामूहिक राजीनामा दिए स्वीकृत गर्ने कानुनी व्यवस्था हुने

हिमालय टिभी
२०७६ साउन २२ गते ६:५४
निजामती कर्मचारीले सामूहिक राजीनामा दिए स्वीकृत गर्ने कानुनी व्यवस्था हुने

काठमाडौं । निजामती कर्मचारीले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने कानुनी व्यवस्था हुने भएको छ ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था राख्ने सहमति भएको हो । यसअघि कर्मचारीको कानुनमा यससम्बन्धी स्पष्ट व्यवस्था नहुँदा डाक्टर, कर्मचारीलगायतले सामूहिक राजीनामा दिने धम्की दिँदै सेवा ठप्प पार्दा पनि सरकार निरीह बन्ने गरेको थियो ।

आजको राज्य व्यवस्था समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल भएको थियो ।

जसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले समर्थन जनाएको छ भने प्रतिपक्ष नेपाली कांग्रेसका सांसदले असहमति जनाएका छन्। विधेयकको दफा १२१ मा बिभिन्न कारणले निजामती सेवाका कर्मचारीले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्नसक्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *