खेलकूद

विश्वकप फूटबलको दोस्रो चरणको एसिया छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

हिमालय टिभी
२०७६ साउन २१ गते १०:०६
विश्वकप फूटबलको दोस्रो चरणको एसिया छनोटका लागि नेपालको  प्रारम्भिक टोली घोषणा

काठमाडौं । विश्वकप फूटबलको दोस्रो चरणको एसिया छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आज ३१ सदस्यीय प्रारम्भिक टोली छनोट गरेका हुन् । प्रशिक्षणमा बोलाइएका ३६ खेलाडीबाट ३१ खेलाडीलाई प्रारम्भिक टोलीमा राखिएको हो ।

टोलीमा यस पटक फरवार्ड विमल घर्ती मगर पनि परेका छन् । यसअघि कुवेत र चाईनिज ताईपेइ विरुद्धको मैत्रीपूर्ण खेलमा विमल टोलीमा थिएनन् ।

सन् २०२२ मा कतारमा हुने विश्वकपको एसिया छनोटमा नेपाल समूह ‘बी’मा छ । कठिन मानिएको समूह ‘बी’मा नेपाल सहित अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन् ।

पहिलो खेलमा नेपालले भदौ १९ गते कुवेतसँग खेल्नेछ । कुवेतसँगको पहिलो खेल घरेलु मैदानमा खेल्ने तालिका भए पनि दशरथ रंगशालाको पुनर्निर्माण नसकिएका कारण खेल कुवेतमै हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्