राजनीति

उद्योग सचिव र लगानी बोर्ड प्रतिनिधि नआउँदा लेखा समिति बैठक स्थगित

हिमालय टिभी
२०७६ साउन २१ गते १०:०३
उद्योग सचिव र लगानी बोर्ड प्रतिनिधि नआउँदा लेखा समिति बैठक स्थगित

काठमाडौं । उद्योग मन्त्रालय र लगानी बोर्डका प्रतिनिधि उपस्थित नभएपछि सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।

ह्वाङ्सी सिमेन्टबारे छलफल गर्न बोलाइएको बैठक उद्योग सचिव यामकुमारी खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नगएपछि स्थगित भएको हो ।

समितिले जानकारी समेत नदिई बैठकमा अनुपस्थित हुने उद्योग सचिव खतिवडासँग स्पष्टीकरण लिने भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले आउन नसक्ने जानकारी गराए पनि सचिव खतिवडाले कुनै जानकारी नदिएको समितिका सचिव डा। रोजनाथ पाण्डेले बताउनुभयो ।

चिनियाँ लगानीमा धादिङको रोराङ गाउँपालिकामा निर्माणाधीन कम्पनी विवादमा तानिएपछि उपसमितिले तयार पारेको प्रतिवेदनबारे सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीसँग विस्तृत छलफल गर्ने कार्यसूचि तय थियो ।

सांसद लेखराज भट्ट नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा उद्योग स्थापनाका लागि ५० वर्ष जग्गा भाडामा लिने सम्झौता तत्काल रद्द गर्नुपर्ने सिफारिस गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्