Political Hightlights

लाल आयोगको प्रतिवेदन सार्वजनिक सभामुखबाट सरकारलाई रुलिङ

हिमालय टिभी
२०७६ साउन २० गते १०:२६
लाल आयोगको प्रतिवेदन सार्वजनिक सभामुखबाट सरकारलाई रुलिङ

काठमाडौं । सर्वदलीय बैठकमा अध्ययन तथा सुझाव विशेष समिति गठन गर्ने सहमति पछि लामो समयदेखि अवरुद्ध हुँदै प्रतिनिधिसभाको बैठक सञ्चालन भएको छ ।

अवरोध पछि बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले संसदलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सभामुखको ध्यानाकर्षण गराएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले संसद अवरुद्ध गर्दा आफ्नो पार्टीले उठाएका मानवअधिकार र लोकतन्त्रसँग जोडिएका विषयवस्तुको सम्बोधन संसदबाटै हुने व्यवस्था मिलाउन सभामुखको ध्यानाकर्षण गराउनु भयो ।

राजपाका सांसद राजकिशोर यादवले नेपालको राष्ट्रिय राजनीतिमा सार्थक संवादको सुरुवात भएको भन्दै सभामुख कृष्णबहादुर महराको पहलकदमीको प्रशंसा गर्नुभयो ।

गिशिचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक र सर्लाहिका घटनाको सही तथ्य बाहिर आउनुपर्ने माग गर्नुभयो ।
नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ्गले छलफलमार्फत समस्याको समाधानमा पुग्ने सहमति सकारात्मक भएको बताउनुभयो ।

बैठकमा सभामुख महराले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई रुलिङ गर्नुभयो । यसअघि साउन १६ गते बिहीबारको बैठक सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्