समाज

चार लाख बढी भूकम्प पीडितको आवास पुनःनिर्माण सकियोः प्राधिकरण

हिमालय टिभी
२०७६ साउन १९ गते १२:५८
चार लाख बढी भूकम्प पीडितको आवास पुनःनिर्माण सकियोः प्राधिकरण

काठमाडौं । २०७२ साल वैशाख १२ र त्यसपछिका परकम्पबाट प्रभावित ४ लाखभन्दा धेरै लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन् ।

थप दुई लाख १४ हजार तीन सय १४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेका छन् ।

पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेकासहित कुल ६ लाख ४४ हजार २९१ घर पुनर्निर्माणको प्रक्रियामा छन् । यो पुनर्निर्माण गर्नुपर्ने घरको संख्याको ८३ प्रतिशत हो ।

अनुदान सम्झौता गरेका लाभग्राहीको संख्या ७ लाख ७३ हजार ४४७ छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्रै निजी आवास पुनर्निर्माणको मुख्य कार्य सम्पन्न गर्ने बताउनुभयो ।

पुनर्निर्माण भएका घरमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकमा छन् । कम प्रभावित जिल्लामा पनि निजी आवास पुनर्निर्माण सम्पन्न हुने गति बढेको छ । कम प्रभावित जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै घर पुनर्निर्माण भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्