Political Hightlights

राजावादीविरुद्ध किन खनिए प्रचण्ड ?

हिमालय टिभी
२०७६ साउन १९ गते १२:४२
राजावादीविरुद्ध किन खनिए प्रचण्ड ?

रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्व पञ्च र राजावादीविरुद्ध खनिनुभएको छ ।

विदेश भ्रमणबाट फर्किएको अर्कोदिन आज रामेछाप पुग्नु भएका अध्यक्ष प्रचण्डले निरंकुशताका पक्षपातीले बकवास गर्न थालेको टिप्पणी गर्नुभयो ।

सरकार होइन सिस्टम नै फेर्नुपर्छ भन्ने राप्रपा अध्यक्ष कमल थापाको भनाइप्रति लक्षित गर्दै प्रचण्डले निरंकुशताका पुजारी र राजा महाराजाका दासहरुले लोकतान्त्रिक गणतन्त्रविरुद्ध बकवास गरिरहेको आरोप लगाउनुभयो ।

अध्यक्ष प्रचण्डले रामेछाप र सिन्धुलीको सीमामा पर्ने खैरीनीघाटमा नवनिर्मित पक्की पुलको उद्घाटन गर्नुभयो । ११ वर्षअघि शुरु भएको यो पुल अहिले बल्ल निर्माण सम्पन्न भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्