राजनीति

सिंगापुरमा हुने उपचार खर्च प्रधानमन्त्री आफैले बेहोर्ने सरकारको दावी

हिमालय टिभी
२०७६ साउन १९ गते १२:१३
सिंगापुरमा हुने उपचार खर्च प्रधानमन्त्री आफैले बेहोर्ने सरकारको दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा उपचार गर्दा लाग्ने अस्पतालको खर्च आफैं व्यहोर्ने सरकारले दाबी गरेको छ ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीको टोलीमा रहेका कर्मचारीको जहाज भाडा र भ्रमण भत्ता मात्र स्वीकृत गरिएको जानकारी दिनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञाशामा बाँस्कोटाले मोदी नेपाल आइरहनु आफूहरुका लागि खुसीको विषय भएको बताउनुभयो ।

उहाँले चिनियाँ पक्षको उच्चस्तरीय भ्रमणलाई लिएर आफूहरु आशावादी र तीव्र प्रतीक्षामा रहेको बताउनुभयो । बाँस्कोटाले साउन १६ गते बसेको मन्त्रिपरिषद बैठकले झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने थप आठ जनाको नागरिकता रद्ध गरेको बताउनभयो ।

यस्तै सरकारले तीन जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा गरेको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्