आर्थिक

निर्माण व्यवसायीहरुबाट सार्वजनिक खरिद नियमावलीको आठौं संशोधनको स्वागत

हिमालय टिभी
२०७६ साउन १९ गते १२:०९
निर्माण व्यवसायीहरुबाट सार्वजनिक खरिद नियमावलीको आठौं संशोधनको स्वागत

काठमाडौं । सार्वजनिक खरिद नियमावलीको आठौं संशोधनलाई निर्माण व्यवसायीले स्वागत गरेका छन् । सरकारले ठेकेदारका पक्षमा नियमावली संशोधन गरेको आरोप लागिरहँदा व्यवसायीको प्रतिक्रिया आएको हो ।

सरकारले नियमावलीको आठौं संशोधनमार्फत २ अर्बसम्मका ठेक्कामा नेपाली ठेकेदारले मात्र भाग लिन पाउने व्यवस्था घटाएर १ अर्बमा झारेको थियो । त्यस्तै, सरकारले सम्पन्न हुन नसकेका परियोजनाको म्याद एक वर्षसम्म थप गर्न सकिने व्यवस्था गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघले आज पत्रकार सम्मेलन गरेर नियमावलीको आठौं संशोधन सकारामक भएको भन्दै अब आयोजनाको काम समयमै सकिने बताएको छ ।

महासंघले ५ करोडसम्मका आयोजनामा बिना योग्यता भाग लिन पाउनुपर्ने, उपभोक्ता समिति र लाभग्राही समुदायमार्फत १ करोडसम्मका निर्माण कार्य गर्न सकिने प्रावधान खारेज हुनुपर्ने माग दोहोर्‍याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *