आर्थिक

त्रिशूली ३ बी हब सबस्टेसन निर्माणको काम ६० प्रतिशत पूरा

हिमालय टिभी
२०७६ साउन १९ गते ११:३७
त्रिशूली ३ बी हब सबस्टेसन निर्माणको काम ६० प्रतिशत पूरा

काठमाडौं । त्रिशूली ३ बी हब सबस्टेसन निर्माणको काम ६० प्रतिशत सकिएको छ ।

त्रिशूली नदी बेसिनमा निर्माणधिन र निर्माण हुने जलविद्युत आयोजनाहरुको ६ सय मेगावाट बिजुली त्रिशूली ३ बी २ सय २० केभी हब सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने छ ।

सबस्टेशनमा ट्रान्सफर्मर राख्ने ठाउँमा जग हालिएको छ भने कन्ट्रोल बिल्डिङ बनाउन सुरु भएको छ । त्रिशूली नदी किनारमा सब स्टेशनको सुरक्षाका लागि पर्खाल लगाउने काम अन्तिम चरणमा छ ।

सबस्टेसनमा प्रयोग हुने उपकरणहरुको उत्पादन भइरहेको र डेढ महिनाभित्रमा आयोजनास्थलमा आपूर्ति हुने छ ।

नेपाल विद्युत प्राधिकरणका कायृकारी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ गाउँपालिका–५ पहिरेबेसीमा निर्माणाधीन सबस्टेसनको स्थलगत निरीक्षण गरी आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई तोकिएकै समयमा काम सक्न निर्देशन दिनुभएको छ ।

सबस्टेसनको निर्माणको काम पुसको दोस्रो साताभित्र सक्ने लक्ष्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *