समाज

दर्ता भएका यातायात कम्पनीका खाता फुकुवा

हिमालय टिभी
२०७६ साउन १९ गते ११:२२
दर्ता भएका यातायात कम्पनीका खाता फुकुवा

काठमाडौं । सरकारले कम्पनीमा रुपान्तरण भएका यातायात व्यवसायी समितिका बैंक खाता फुकुवा गरेको छ ।

साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले कम्पनीमा रुपान्तरण भएका १ सय २७ वटा समिति र कम्पनीमा जान प्रतिवद्ध तथा स्वतन्त्र समितिमार्फत सञ्चालन हुन चाहने १ सय ६५ गरी २ सय ९२ वटा यातायात समितिको बैंक खाता खुला गरेको हो ।

सरकारले यातायात क्षेत्रको सिण्डिकेट अन्त्य गर्ने भन्दै सबै समिति अन्तर्गत सञ्चालित यातायात व्यवसायीलाई कम्पनीमा आउन निर्देशन दिएको थियो । तर, यातायात व्यवसायीले कम्पनी मातहत चलाउने सरकारको निर्णयको विरोध गरेका थिए ।

२०७५ बैशाख अन्तिम साताबाट समितिको सम्पत्तिमाथि छानविन गर्ने भन्दै सरकारले उनीहरुको बैंक खाता रोकेको थियो । तर अब मन्त्रीपरिषदको निर्णयसँगै उनीहरुको खाता फुकुवा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्