खेलकूद

साग प्रतियोगिताको तयारी अनुगमन गर्न संसदीय उपसमिति गठन

हिमालय टिभी
२०७६ साउन १९ गते ७:४१
साग प्रतियोगिताको तयारी अनुगमन गर्न संसदीय उपसमिति गठन

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको अनुगमन गर्न उपसमिति गठन गरिएको छ ।

सिंहदरबारमा बसेको समितिको बैठकले साग खेलकूद प्रतियोगिता सफल बनाउने गरी सरकारलाई आवश्यक निर्देशन दिन जीवनराज श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो ।

बैठकमा समितिका सदस्यहरुले प्रतियोगिताका लागि खेलाडीहरुको तयारी र पूर्वाधार विकासका काममा तीव्रता दिन सरकारलाई सचेत गराएका थिए ।

१३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुँदैछ । तर त्यसको तयारी भने सन्तोषजनक रुपमा अघि बढेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्