आर्थिक

सुनको भाउ बढेर अहिलेसम्मकै महंगो

हिमालय टिभी
२०७६ साउन १९ गते ६:३६
सुनको भाउ बढेर अहिलेसम्मकै महंगो

काठमाडौं । सुनको भाउ आज फेरि बढेर अहिलेसम्मकै महँगो भएको छ ।

गत शुक्रबार एकै दिन तोलामा ८ सय बढेको सुनको भाउ आज फेरि तोलामा ५ सय रुपैयाँ बढेर ६६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको असार १० गते सुनको भाउ तोलाको ६५ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि ६५ हजारकै आसपामा रहेको सुनको भाउ फेरि बढ्न थालेको हो ।

अमेरिकाले सेप्टेम्बर १ देखि लागू हुने गरि चिनियाँ सामानमा १० प्रतिशत कर बढाएको तथा सेयर बजार कमजोर भएकाले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ ।

त्यसको असरले नेपालमा पनि सुन महँगो भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ४ सय ४१ डलर पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *