खेलकूद

नेपाल आईसीसीको टी–ट्वेन्टी क्रिकेतको वरियतामा यथावत

हिमालय टिभी
२०७६ साउन १८ गते १२:४५
नेपाल आईसीसीको टी–ट्वेन्टी क्रिकेतको वरियतामा यथावत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी–ट्वेन्टी वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।

आईसीसीले सार्वजनिक गरेको टी–ट्वेन्टी नयाँ वरियतामा नेपाल ११ औं स्थानमा यथावत छ । अघिल्लो महिना पनि नेपाल ११ औं स्थानमै थियो । यसै महिना मलेसियासँगको दुई खेलको टी–ट्वेन्टी क्लिन स्विप र सिंगापुरमा सम्पन्न आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेपनि नेपालले वरियता सुधार्न नसेकेको हो ।

नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ अंक पाएको छ । एसोसियट राष्ट्र मध्ये नेपाल शीर्ष स्थानमा छ । नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड छन् ।

टी–ट्वेन्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका छ । चौंथो स्थानमा भारत र पाँचौ स्थानमा न्युजिल्याण्ड छ । आईसीसीले सार्वजनिक गरेको एकदिवसीय वरियतामा पनि नेपाल १५ औं स्थानमा यथावत छ ।

नेपालले ८ खेलबाट १५२ अंक पाएको छ । एकदिवसीय वरियतामा नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी छन् । शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्