समाज

व्यवसायी पौडेलको हत्या आरोपी थारु पक्राउ

हिमालय टिभी
२०७६ साउन १८ गते ६:४३
व्यवसायी पौडेलको हत्या आरोपी थारु पक्राउ

बुटवल । रुपन्देही देवदहका काष्ठ व्यवसायी बसन्त पौडेलको हत्याका योजनाकार रहेका मनोज पुनका मुख्य सहयोगी ओमप्रकाश दंगोरिया थारु पक्राउ परेका छन् ।

२०७४ साल चैत ९ गते रुपन्देहीको देवदह ४ भवानीपुरमा पौडेललाई गोली प्रहार गरी भएको हत्यामा संलग्न चौधरी फरार रही भारतको नौतनवामा लुकेर बस्दै आएका थिए ।

रुपन्देही प्रहरीले भारतीय प्रहरीको सहयोगमा नेपाल भारत सीमा क्षेत्र बेलहियामा ल्याई शुक्रबार उनलाई पक्राउ गरेको हो ।

देवदहमै युवा संघका तत्कालीन अध्यक्ष दुर्गा तिवारी हत्याका मुख्य अभियुक्त मनोज पुनसंग मिलेर बसन्त पौडेलको हत्याको योजना बनाउन दंगोरियाको संलग्नता रहेको थियो ।

पौडेललाई हत्या गर्न हतियार र मोटरसाइकलको व्यवस्थापन गर्ने कार्यमा दंगोरियाको संलग्नता देखिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्म भण्डारीले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्